‍कसलाई मन्त्री बनाउने भन्ने हाम्रो पार्टीले निर्णय गर्ने कुरा हो, अरुले होइनः झलनाथ खनाल

दाङ समाचार
दाङ समाचार २३ जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमतिअनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए।

आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले रोक्न गर्न नसक्ने उनको भनाइ छ। उनले ६ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्‌मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पारे।

यो पनिः तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर रोकियो उनले भने, ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो। अरुले गर्ने होइन। हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा (एकीकृत समाजवादी)ले गर्छ।

यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन।’ खनालले थपे, ‘हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौँ। ६ महिनासम्म एउटा टिमलाई दिने। त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो।

त्यहीअनुसार हामीले गरेको हो। हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो। कमिटीले निर्णय गर्छ। त्यसलाई पालना गर्नुपर्छ। हाम्रो पार्टीमा लाखौँ सदस्यहरु हुनुहुन्छ। लाखौँ सदस्यहरु भए पनि कमिटीहरुले निर्णय गर्छन्। त्यसलाई हामी सबैले पालना गर्छौँ। पद्धति नै त्यही हो नि।’

प्रतिक्रिया दिनुहोस्