सहकारीले उत्पादन क्षेत्रमा लगानी नगर्दा जोखिम बढ्यो – सभामुख घर्ती

दाङ समाचार
दाङ समाचार २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्तीले सहकारीले अनउत्पादनक क्षेत्रमा लगानी गरेका कारण सहकारी जोखिममा परेको बताए ।

उत्पादनको क्षेत्रमा लगानी नगरि बचत तथा ऋणमा मात्र काम गर्दा कैयौं सहकारी डुबे , जनताहरुमा सहकारी प्रतिको विश्वास घट्दै गयो, राज्यले पनि सहकारीलाइ कसरी हेर्ने भन्ने स्पष्ट निती हुन सकेन”- उनले भने ।

लुम्बिनी प्रदेशमा ४ हजारको आसपासमा सहकारी दर्ता भए पनि हाल २ हजार मात्र सक्रिय भएको बताउदै सहकारी नितीमा सरकार आफै अलमल परेको सभामुख घर्तीको भनाई छ।

सहकारी भनेको सामुहिक रुपमा गरिने काम, सामुहिक, भावना जिवनशैलीको अभ्यासको विकास गर्दै समाजवादप्रति विश्वास राख्ने अभियान हो तर मर्म अनुसार चल्न सकेनन् उनले भने ।

लमहीमा शनिबार उद्यमशिल कृषि बहुउदश्यीय सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधरणसभामा सभामुख घर्तीले यस्तो बताए ।

लुम्बिनी प्रदेश सांसद कृष्णी कुश्मा थारुले सहकारीलाइ लुम्बिनी प्रदेश सरकारले प्राथमिकीकरणमा पारेको बताउदै अब स्थानीय सरकारले चाहेमा सशक्त र सवल बनाउन सक्ने बताईन ।

नागरिक समाज दाङका संयोजक निम वहादुर थापाले उद्दमशिल सहकारी संस्था गौरवको इतिहास बोकेको जनताको पक्षमा व्यापक काम गरेको संस्थालाइ राज्येले व्यवस्था गरेको आरोप लगाए ।

कार्यक्रममा सहभागिहरुले सहकारीहरुलाई राज्यले अनुगमन गरि सहकारी मैत्री वातवरण सिर्जना गर्न आग्रह गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्