आज लमही महोत्सवमा ज्योति, चोलेन्द्र र ज्ञानेन्द्रको प्रस्तुति

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १६ माघ २०८०, मंगलवार
2 Min Read
Aa

दाङ – लमहीमा जारी दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सवको आज १२ औं दिन लोक दोहोरी गायिका ज्योति मगरसंगै लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल र ज्ञानेन्द्र स्वर्णकारको प्रस्तुति रहने छ ।

गायिका मगरको ‘उहीँ मुलाको सिन्की, चोरी खान पल्केको ढाडे बिरालो, जिम्मल बा कि छोरी’ जस्ता चर्चित गीत रहेका छन ।

त्यस्तै कास्की पोखरा-२० भलाम निवासी गायक चोलेन्द्र पौडेलले ‘हुन्छ भने हुन्छ भन, चड्यो चड्यो जवानी, पानी मुनि मुनि, काली मन पर्छ, अलि अलि रङ छ, जाम झोला बोकेर, अबत मै सानू रैन, सेती माथी पुल, सौता सौता, पन्चेबाजा, सालैजो, रोइला, तिज गित लगायत सैयौ गीतमा आवाज दिई सक्नु भएको छ ।

दाङ लमही निवासी गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले “हल्लायो हल्लायो, बुझिनौकी मायाले, दु:ख पाइया छ” लगायत आधुनिक, लोक तथा भोजपुरी गीतहरुमा आवाज दिनु भएको छ । शब्द संकलन देखि लिएर गायन र संगीतमा समेत दक्खल राख्ने कलाकार हुनुहुन्छ ।

सांगीतिक क्षेत्रमा तहल्का मच्च्याउदै आएकी गायिका तथा मोडेल मगर सहित पौडेल र स्वर्णकारको बबाल प्रस्तुति रहने र अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने कलाकार व्यवस्थापन संयोजक तथा पत्रकार शिवु खनालले जानकारी दिनु भयो ।

हिज सोमबार गायिका रचना रिमाल, कृष्ण रेउले, साहिमा श्रेष्ठ, अनु चौधरी लगायतले उपस्थित दर्शक स्रोतालाई भरपुर मनोरंजन दिएका थिए ।

दैनिक जसो ५ हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गर्दै आएको आयोजकले जानकारी दिएको छ । लमही महोत्सव यहि माघ २१ गतेसम्म चल्ने भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्