दाङ – लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले एक कार्यक्रमको आयोजना गरेर आफ्नो सातौं वार्षिक उत्सवका अवसरमा खेलकुद सप्ताह सम्पन्न गरेको छ । खेल सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शिक्षा क्षेत्रमा मात्र नभएर खेल विधामा पनि गोरखा स्कुल अगाडी भएको बताउनु भयो । अष्ट्रेलियाबाट समेत यस विद्यालयले सम्मान पाउनु यो विद्यालयको मात्र नभएर समग्र नगरपालिकाको गर्वको विषय हो’- उहाँले भन्नु भयो ।
संस्कार सहितको शिक्षा नै अहिलेको युवा पिढीको लागि आवश्यकता भएकोले विद्यालय संचालक, अभिभावक र विद्यार्थीहरुले बुझ्न जरुरि छ’- उहाँले भन्नु भयो । शारीरिक र मानसिक विकासका लागि शिक्षा अत्यन्तै अपरिहार्य भएको नगर प्रमुख चौधरीको भनाई छ । सामाजिक विकृति हटाउनका लागि शैक्षिक संस्थाहरुले नै अग्रणी भूमिका खेल्नु पर्ने प्रमुख चौधरीले बताउनु भयो ।
कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बल ४१ नबर गणका सशस्त्र प्रहरी प्रमुख एसपी गुणराज न्यौपानेले मानव शरीरका लागि खेलकुद महत्त्वपूर्ण कुरा भएको बताउनु भयो । अर्को कुरा सकारात्मक सोच हुनेले मात्र प्रगति गर्दछ, जस्ले सामाजिक क्षेत्रमा केही गरेर देखाउनु पर्छ भन्ने मानसिकता राख्दछ उसैले मात्र प्रगति गर्ने बताउनु भयो ।
खेलकुद विकास समिती दाङका कोषाध्यक्ष ध्रुव आचार्यले खेलकुदमा लगानि गर्नु पर्ने बताउनु भयो । धेरै आर्थिक आय आर्जन गरि राज्यलाई राम्रो कर तिर्नेमा पनि खेलाडीहरु रहेको बताउदै कोषाध्यक्ष आचार्यले खेलाडीहरु राष्ट्रको पहिचान भएको उहाँको भनाई छ । फुटबल, भलिबल , एथलेटिक्स खेल, क्रिकेट, बास्केटबल, चम्चा रेस, कुर्सी दौड लगायतका खेलहरुको आयोजना गरिएको थियो । खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयको सातौँ वार्षिक उत्सव यहि पुस १९ गते हुने छ ।
गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका विद्यालय संचालक समितिका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको खेल सप्ताह कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्राचार्य लोकमान रिजालले राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक प्रकाश रिजाल र शिक्षिका शिला रिजालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्