गढवाको कक्रहवामा तीज, पोषण तथा अट्वारी मिलन कार्यक्रम सम्पन्न

दाङ समाचार
दाङ समाचार ३० श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

दाङ – “संस्कृति जोगाऔँ, बिकृति हटाऔँ” भन्ने मूल नारासहित गढवा गाउँपालिका वडा नं ५ कक्रहवामा तीज, पोषण तथा अट्वारी मिलन कार्यक्रम सम्पन्न भएको छ ।

दक्षिण देउखुरी अधिकार अन्तर्गत गठित उपकार समूहकी अध्यक्ष सिता शर्माको सभाध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको प्रमुख आतिथ्य तथा ५ नं. वडाध्यक्ष लेख बहादुर थापाको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

गढवा गाउँपालिका वडा नम्बर ५ र दक्षिण देउखुरी अधिकार मञ्जको आर्थिक सहयोग तथा हातेमालो मूल समितिको व्यवस्थापन तथा उपकर समूह, प्रगति समूह र चौतारी समूहको संयुक्त आयोजनामा भएको तीज, पोषण तथा अट्वारी मिलन कार्यक्रममा सहभागी समूहका महिलाहरूले तीजका गीत तथा नृत्य प्रस्तुत गर्दै परमपरागत लोक संस्कृति संरक्षण र समुदायको एकतामा जोड दिएका थिए । दक्षिण देउखुरी अधिकार मञ्चले हरेक वर्ष यस प्रकारको कार्यक्रम लाई निरन्तरता दिदै आएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्