दाङ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (थारू क्लस्टर) तर्फको मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम राख्नुभएको छ ।
२ हजार ४८८ मत गणना हुँदा चौधरीले १ हजार ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले ८३६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सुरेन्द्र चौधरीले ५४१ मत प्राप्त गर्नुभएको छ ।
हालसम्मको मतपरिणामअनुसार योगेन्द्र चौधरीले तेजुलाल चौधरीभन्दा २५७ मतको अग्रता लिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्