लमही अस्पताललाई व्यवस्थित बनाएर सेवा प्रबाह गर्छौं – नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १४ असार २०७९, मंगलवार
2 Min Read
Aa

दाङ– लमही नगरपालिकाका प्रमुख एवम् लमही अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष जोगराज चौधरीले लमही अस्पताललाई व्यवस्थित बनाएर सेवा प्रबाह गर्ने बताए । मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा उपस्थित अस्पतालका कर्मचारीलाई सम्बोधन गर्दै प्रमुख चौधरीले “तपाईं सम्पुर्ण कर्मचारीको सक्रियता भयो भने मात्र अस्पताल बन्छ, बिरामीले सेवा पाउछन ।

लामो समयदेखि आफै राजनीतिक हस्तक्षेपका कारण बिरामी भएको लमही अस्पताल अब बिस्तारै निको हुँदै गरेको बताउँदै अस्पताल सुधारका लागि कुनै पनि कर्मचारीले कप्ट्याई नगर्न पनि भनेका छन । सेवा दिनुस, तपाईंहरुले सेवा प्रदान गर्दा उत्पन्न हुने बाधा व्यवधानसंग नगरपालिका जुध्छ”- नगर प्रमुख चौधरीले भने ।

त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले स्वास्थ्य जस्तो संबेदनसिल ठाउँमा कसैले पनि राजनीतिकरण गर्न नहुने बताईन । राज्यले हरेक नागरिकलाई प्रत्याभूत हुने गरि उपलब्ध गराएका सेवा सुविधाबाट कोहि पनि बन्चित हुनु हुन्न यदि त्यस्तो हुन्छ भने त्यो अपराध हो”- उपप्रमुख योगीले भनिन । अस्पताल सुधार गर्ने तर्फ सबैको चासो हुन आवश्यक भएको उनको भनाई छ ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले अनुशासित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारीसंगको परिचयात्मक कार्यक्रममा सहभागी भएका प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने”-अस्पतालमा आउने कुनै पनि बिरामीले अस्पतालबाट उपचार पाइएन भन्ने खालको गुनासो नआउने गरि सेवा दिनुहोला”- ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा परिचयात्मक तथा चालु आर्थिक वर्ष २०७९/०८० का विषयमा समिक्षा छलफल भएको छ । त्यस्तै लमही अस्पतालको सेवा शुल्क एवम् दररेट, अस्पतालमा कर्मचारी सेवा सुविधा कार्यविधी, कर्मचारीको म्यादथप तथा तलब सुविधा जस्ता विषयमा छलफल भएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्