लमही नगरपालिका र अटो व्यवसायीविच भद्र सहमति

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १७ असार २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – अटो व्यवस्थित गरि संचालन गर्ने विषयमा अटो व्यवसायी र लमही नगरपालिका विच भद्र सहमति भएको छ । दुर्घटनाको उच्च जोखिम भएको भन्दै लमही नगरपालिकाले अव्यवस्थित रुपमा रहेका अटोलाई व्यवस्थित गर्न खोज्दा अटो व्यवसायीहरुले बिरोध गरेका थिए ।

अटोहरु पार्किङ गर्दै आएको स्थानबाट लमही नगरपालिकाले हटाएर बसपार्कमा पार्किङ गर्ने, तल्लो बसपार्कमा पाँच वटा, कपडा बैंक चोकमा दुई वटा, कोइलाबास रोडको उत्तर तर्फको चोकमा ६ वटा, दक्षिण तर्फको चोकमा दुई वटा, लमही आँखा अस्पताल, लमही नगरपालिका, लमही अस्पताल, मालपोत कार्यालय अगाडी अटो पार्किङ गर्ने गरि सहमति भएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जानकारी दिए ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, वडा नम्बर ५ का वडाध्यक्ष ओम प्रसाद सुवेदी, वडा सदस्य केशब कुमार अधिकारी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपाने, वडा प्रहरी कार्यालय लमहीका वरिष्ठ प्रहरी नायब निरीक्षक पुराण मल्ल, ट्राफिक प्रहरी लमहीका प्रमुख विक्रम विक, ईलाका प्रशासन कार्यालय लमहीका बासुदेब गिरी, त्रीशिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका प्रशासनिक इन्चार्ज कृष्ण रसाइली, नमस्ते मालिका कालिका यातायात प्रालिका प्रशासनिक इन्चार्ज प्रेम बस्नेत, अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल,अटो व्यवसायीका तर्फबाट थानेश्वर यातायात प्रालीका अध्यक्ष चरणकुमार जैशी, सुनौलो देउखुरी यातायात प्रालिका अध्यक्ष तिर्थराज पोख्रेल सहितको प्रतिनिधि मन्डलको व्यापक छलफल पछि सहमति भएको हो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्