दाङ– लमही नगरपालिकाको आयोजनामा सहकारी तथा कोपोमिस सम्बन्धि तीन दिने अनुशिक्षण कार्यक्रम शुक्रबार लमहीमा सप्पन्न भएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले गुनासो नआउने गरि सहकारी संचालन गर्न आग्रह गरे। साथै उनले सहकारीले समाज परिवर्तनमा भुमिका खेल्न सक्नु पर्ने बताए । सहकारीमा बचत गर्नु मात्र ठुलो कुरा नभएर सहकारीमार्फत आय आर्जनमा समेत टेवा पुग्ने गरि सेवा दिनु पर्ने बताए । कहिँकतै बाट गुनासो नआउने गरि संचालन गर्न पनि नगर प्रमुख चौधरीले आग्रह गरे ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले राष्ट्रलाई आर्थिक समृद्धि तर्फ डोर्याउनका लागि सहकारीको भुमिका महत्त्वपूर्ण रहेने बताए ।

लमही नगरपालिका स्तरीय सहकारी संजाल संघका अध्यक्ष रेशम विसीले सहकारी आफ्नै पाराले चलेको भन्दै सहकारीलाई सहकारी जस्तो बनाएर सन्चालन गर्न सबैलाई आग्रह गरे ।
तीन दिने तालिमले धेरै कुराको ज्ञान सिकाएको तालिममा सहभागी ऋषिराम भण्डारी बताए । सहकारीमा त हामीले काम गर्छौं तर हाम्रो नियमन कस्ले गर्छ, दर्ता कहाँ हुन्छ, भन्ने समेत जानकारी थिएन”- भण्डारीले भने । तालिमबाट सिकेका कुरालाई सहकारीमा लागू गर्ने भण्डारीले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै अर्का सहभागी अम्री थापाले सहकारीका बारेमा थोरै मात्र जानकारी हुँदा कार्य सम्पादनमा समस्या आउने गरेको सुनाईन । अब यो तालिमबाट ती समस्या हल हुने उनले बताईन ।
तीन दिन देखि संचालन भएको तालिममा नगरपालिका भित्र संचालित सहकारीका अठ्तिस जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख महेश थापा ठेडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्