नौवटा मोटरसाइकल चोरी गर्ने बाह्र जना पक्राउ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १८ असार २०७९, शनिबार
1 Min Read
Aa

दाङ -प्रहरीले मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ। गएराती वड प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय गढवाले गरेको अप्रेसनमा त्यो गिरोहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

चोरहरुले बुटवलका विभिन्न क्षेत्रबाट नौ वटा मोटरसाइकल चोरी गरेर दाङको गढवामा राखेको भन्ने प्राप्त सुचनाको आधारमा प्रहरीले अप्रेसन नै चलाएर पक्राउ गर्न सफल भएको प्रमुख एसपी काफ्लेको भनाई छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १८ का क्यानोन क्षेत्री, वर्ष १९ का करण बस्नेत, वर्ष १८ का बरुण कुमाल, वर्ष १८ को आनन्द परियार, वर्ष १७ को नसिम धुनिया, वर्ष १८ का आरएन सिंह ठकुरी, वर्ष १८ का शिवम यादव, वर्ष १८ का लक्ष्मण विष्ट, वडा नम्बर ५ बस्ने वर्ष ४४ का गोपाल चौधरी, वर्ष १९ का ओसिम पठान, राप्ती गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का शुभास चौधरी र लमही नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष को घनश्याम चौधरी रहेका छन ।

उनिहरुलाई आवश्यक कारबाहीका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसीले जानकारी दिईन ।

 

प्रतिक्रिया दिनुहोस्