बढ्दै मृगौलाका विरामी, लमहीमा मात्र ६५ जनाको उपचार हुँदै

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २१ असार २०७९, मंगलवार
5 Min Read
Aa

दाङ – प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बड्डाडा निवासी ३४ वर्षीय केशब थापा दाङको लमही स्थित लमही सामुदायिक डायलाइसिस सेन्टरमा भेटिए । थापा मृगौला डायलाइसिस गर्न आएका रहेछन । साढे चार वर्ष देखि थापाका दुवै मृगौलाले काम गर्न छाडेका छन। उपचार गर्ने पैसा छैन, आफन्तीकोमा बसेर खानाको जोहो गरेका छन थापाले।

मानव शरीरको अभिन्न अंग मृगौला फेल भएको थाह पाएपछि धेरै तनाबमा भएको बताए तर पनि बाचिन्छ कि भन्ने झिनो आशा बोकेर उनि उपचारका लागि धेरै ठाउँमा पुगी सकेका छन । हप्तामा तीन पटक डायलाइसिस गर्ने गरेको थापाले सुनाए। डायलाइसिस गराउदा निशुल्क भए पनि औषधि किन्दा उतिक्कै मार पर्ने गरेको गुनासो छ थापासंग । मृगौला फेल भएका विरामीलाई सबै उपचार सरकारले निशुल्क गराइनु पर्छ भन्ने थापाको माग छ।

उपचारका लागि थापा प्युठानबाट केहि दिन अघि यता आएका रहेछन । हप्तामा तीन पटक मृगौलाको डायलाइसिस गर्नु पर्ने भएकोले उनि लमही आएको बताए ।

No description available.

स्वास्थ्य पनि ठिक छैन, टाढा भएकोले आवतजावतमा समस्या भयो त्यहि भएर भालुवांगमा आफन्तीकोमा बसेर उपचार गराइरहेको छु थापाले भने। आफु जे जति पैसा थियो सबै उपचार गर्दा गर्दै सकियो अब केहि छैन थापाले भने। यस्ता गम्भीर प्रकारका रोग लागेका विरामीलाई उपचारको व्यवस्था राज्यले गर्नु पर्छ, नत्र मर्नु भन्दा विकल्प अरु केहि छैन”- उनि भन्छन ।

थापाले उपचार गर्न पुगेका अस्पतालमा निशुल्क उपचार गर्न किन सकिन्न भनेर प्रश्न समेत गर्ने गरेको बताए । केन्द्रबाट बजेट आउदैन त्यस कारण चाहेर पनि हामीले निशुल्क उपचार गर्न सक्दैनौ भन्ने जवाफ आउने गरेको उनको भनाई छ।

त्यस्तै सल्यान कपुरकोटकी डिला चौधरी पनि १८ वर्षिया बहिनि गोमा थापा मगरलाई लिएर लमही स्थित डायलाइसिस सेन्टरमा आएकी छन । डिलाका अनुशार गोमाका दुवै मृगौलामा समस्या आएको तीन महिना भयो। शुरुमा केहि समस्या आएको जस्तो भएर तुलसीपुर स्थित एक मेडिकलमा लगेर चेकजाँच गरायौं, त्यहाँ मृगौलामा समस्या देखिएको छ बुटवल लैजानुस भनेपछि बुटवल लागेका थियौं”- डिलाले भनिन।

No description available.

उपचारमा सजिलो होला भनेर बहिनीलाई डिलाले तुलसीपुरमा कोठा भाडामा लिएर राखेकी छन। बुवा आमाको आर्थिक अवस्था कम्जोर छ, अलि अलि घरमा भएको धन पैसा उपचार गर्दा गर्दै सकियो तर रोग निको हुँदैन उनि भन्छिन। हप्तामा दुइ पटक बहिनीलाई लिएर आउने गरेको उनले सुनाइन।

डिलाकी बहिनि जस्तै दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ५ कासीपुरका २२ वर्षीय प्रताप चौधरी पनि मृगौला पिडित हुन। एक वर्ष अघि उनि रोजगारीका लागि काठमाण्डौ थिए। काम गर्दा गर्दै स्वास्थ्यमा समस्या आएपछि अस्पताल गएर चेकजाँच गराउदा मृगौलामा समस्या आएको रिपोर्ट आएको बताए। एक वर्ष भो मैले पनि कहिले बुटवल कहिले कता गएर डायलाइसिस गराई रहेको छु, अहिले लमहीमा भएर सजिलो भएको छ प्रतापले भने। केन्द्रीय राजधानीमा भएको मान्छे किन दाङ फर्किनु भयोत भनेर प्रश्न गर्दा काठमाण्डौमा भिडभाड बढी हुने र सामान्य मान्छेले त पालै नपाउने स्थिति छ त्यहि भएर आफ्नै जिल्ला फर्किए”- प्रतापले भने।

No description available.

घोराहीकी ६६ वर्षिया नीम कुमारी बुढाथोकी पनि विगत दुई वर्ष देखि मृगौलाको बिरामी छन। हात खुट्टा दुख्ने, टाउको दुख्ने, लगायत धेरै समस्याले जेलिएको छु, स्वास्थ्यमा अल्लि बढी समस्या छ भनेकोले म हप्तामा तीन पटक दायलाइसिस गर्न आउछु”- नीम कुमारीले भनिन।

अस्पतालमा विरामीको चाप बढ्यो- अध्यक्ष भण्डारी

विरामीको चाप बढ्दै गएको छ। दाङ लगायत बिभिन्न छिमेकी जिल्लाबाट आएका करिब पैसट्ठी जना मृगौलाका विरामीले उपचार गराई रहेका छन। विरामीको संख्या बढ्दै जाँदा बेको समस्या हुन थालेको लमही सामुदायिक डायलाइसिस सेन्टरका अध्यक्ष बसन्तकुमार भण्डारीले बताए। उपचारका लागि आएका विरामीलाई पालोमा राखेर सेवा दिनु पर्ने बाध्यता भएको छ”- भण्डारीले भने ।

No description available.

अहिले अस्पतालमा बाह्र वटा बेड राखेर सेवा दिरहेको छ। विरामीको चापलाई मध्यनजर गर्दै अब हामीले कम्तिमा पनि पांच वटा जति बेड थप्नु पर्ने देखिएको छ”- अध्यक्ष भण्डारीले भने। सबै विरामीलाई एकै पटक राखेर उपचार दिन सक्ने गरि व्यवस्थापन गर्ने पक्षमा आफु भएको भण्डारीको भनाई छ। अध्यक्ष भण्डारीका अनुशार विरामीका कुरुवालाई अहिले बाहिर होटलमा बस्नु पर्ने बाध्यता छ, त्यो बाध्यतालाई अन्त्य गर्नका लागि छुट्टै भवनको आवश्यक छ। चर्को भाडा तिरेर बिरामीले रात बिताउनु पर्ने समस्यालाई अन्त्य गर्न हामी लागि पारेका छौं”- भण्डारीले भने।

जिल्ला वा जिल्ला बाहिर डायलाइसिस गराएको शुल्क फरक फरक छ, दाङको घोराहीमा एक पटक गराएको ६ हजार पांच सय लिने गर्दछन भने बाँकेको नेपालगंजमा एक पटक डायलाइसिस गराएको ७ हजार पांच सय सम्म शुल्क लिने गरेको विरामीहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस्