पहिरोमा परी ३ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ११ श्रावण २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – पहिरोमा परेर रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा तीन जनाको ज्यान गएको छ ।

बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनु भयो ।

राति स्थानीय र प्रहरीले पन्छाएर शवहरु बाहिर निकालेका थिए । तर सदरमुकामसम्म पुग्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध भएकाले शवलाई पोष्टमार्टम गर्न मन्थलीसम्म पुर्‍याउन नसकिएको प्रहरी निरीक्षक न्यौपानेले बताउनु भयो । स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्