लमहीमा चन्दन र मेनुकाले सुरु गरे ‘मेनुश्री कलेक्सन’

दाङ समाचार
दाङ समाचार २१ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa

दाङ – लमही बजारमा ‘मेनुश्री कलेक्सन’ सञ्चालनमा आएको छ । लमही नगरपालिका–५ देउपुररोडस्थित क्रिकेट स्टेडियमको गेट अगाडि स्थापना गरिएको कलेक्सनको शुक्रबार एक कार्यक्रमबीच लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

चन्दन शर्मा र मेनुका जिसीले सञ्चालनमा ल्याउनुभएको कलेक्सनको उद्घाटन गर्दै उपप्रमुख योगीले स्थानीय बजारमा नयाँ व्यवसाय थपिनुले आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले स्थानीय स्तरमै व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरतामा योगदान पुर्‍याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

लमही बजारको देउपुर रोडमा सञ्चालनमा आएको मेनुश्री कलेक्सनले ग्राहकलाई सहज रूपमा सेवा प्रदान गर्ने सञ्चालक मेनुका जिसीले बताउनुभयो । उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्