लमही आँखा अस्पतालमा ३८ जना रेटिना रोगीलाई अवास्टिन इन्जेक्सन सेवा प्रदान

दाङ समाचार
दाङ समाचार २० कार्तिक २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – लमही आँखा अस्पतालमा आँखाको पर्दा (रेटिना) सम्बन्धी समस्या भएका ३८ जना बिरामीलाई अवास्टिन इन्जेक्सन सेवा प्रदान गरिएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित अस्पतालमा प्रा. डा. प्रदीप बाँस्तोलाको नेतृत्वमा रहेको विशेषज्ञ प्राविधिक टोलीले बिरामीलाई उक्त सेवा प्रदान गरेको हो ।

आँखाको पर्दासम्बन्धी विभिन्न समस्याको उपचारमा प्रयोग गरिने अवास्टिन इन्जेक्सन सेवाले बिरामीलाई विशेषज्ञ उपचार प्राप्त गर्न सहज बनाएको अस्पतालले जनाएको छ ।

आँखाको पर्दामा देखिने रोगको समयमै पहिचान र उपचार गरी दृष्टि जोगाउन तथा गुणस्तरीय आँखा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न अस्पतालले यस्ता विशेषज्ञ सेवाहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

लमही आँखा अस्पतालले स्थानीयस्तरमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आँखासम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्न सहयोग पुर्‍याउँदै आएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्