सचिव र सदस्यलाई मोबाइल व्यवसायी संघद्वारा सम्मान

दाङ समाचार
दाङ समाचार २२ कार्तिक २०८३, शनिबार
1 Min Read
Aa

गोविन्द खड्का

नेपाल मोबाइल तथा इलेक्ट्रोनिकस व्यवसायी संघ घोराहीले दाङ जिल्ला उधोग वाणिज्य संघका नवनिर्वाचित सचिव भिमसेन डिसी र सदस्य दिवाकर पाण्डेलाई शनिबार सम्मान गरेको छ ।

मोबाइल व्यवसायी संघका अध्यक्ष कृष्ण बहादुर कुवरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वक्ताहरूले मोबाइलका समस्या सरकार सम्म लैजान आग्रह गर्नुभयो । संघ मार्फत जहाँ जहाँ जानुपर्ने हो त्यहि लिखित माग लैजान सुझाव दिनुभयो । संघका सदस्य डिसी र पाण्डे भर्खरै सम्पन्न संघको चुनाव मा अत्याधिक मतले विजयी हुनुभएको हो ।

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय सदस्य शेषनारायण शर्मा, लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष शालिकराम खनाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष दीपक पाण्डे, व्यवसायी संघका पुर्व सचिव रमेश केसी लगाएतले सम्मान गर्नुभएको थियो ।

सो अवसरमा मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष सुरेश पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सन्चालन संघका सचिव धनेन्द्र प्रताप विश्वकर्माले गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्