पाँच घण्टा पछि खोलामा फसेकालाई उद्दार गर्यो सशस्त्र प्रहरीले

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ असार २०७९, शनिबार
3 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका वडा नम्बर २ स्थित दक्षिण चुरे भएर उत्तर तर्फ बग्ने खहरे खोलामा फसेका महिलाहरुलाई प्रहरीले उद्दार गरेको छ । १६/१७ जनाको समूह भएर त्रीशक्ती सामुदायिक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा आएको बाढीले गर्दा उनिहरु फसेका थिए ।

मानिस खोलामा फसेको सुचना पाए लगत्तै रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जलमदेव चौधरी, नं.२९ ज्वालामाई गण हेड क्वाटर भालुवाङका प्रहरी निरीक्षक धनन्जय केसी, सशस्त्र प्रहरी वल नं. ४१ गण हेक्वा अर्जुन खोलाका प्रहरी निरीक्षक रबिन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसी लगायतको टोली घटनास्थलमा पुगेको थियो ।

राजपुर बेला गाउँपालिका वडा नम्बर २ बेला चप्फाका स्थानीय महिलाहरु च्याउ खोज्न जंगल गएर फर्किने समयमा (रसरी र माररी खोला मिलेर बनेको) सोमैथान नजिक रहेको दरबाजा खोलामा सत्र जना फसेका हुन ।

No description available.

राती देखि पानी परिरहेको थियो, च्याउ उम्रेका होलान भन्ने लागेर हामी सबै च्याउ खोज्न नजिकैको जंगलमा गएका थियौं”- स्थानीय २८ वर्षिय अन्जना विकले भनिन । खोलाको दुरि लामो छ, पानी परिरहेको थियो, खोला पार गरिहाल्छौ भनेर खोलामा पस्यौं तर विचमै फसियो”- अन्जनाले भनिन ।

खोलाको दुवै तिरको हंगालो उर्लेर आएको देख्दा त् अब बाचीन्न जस्तो लाग्यो, घर परिवार सम्झेर रोए”- चप्फाकी ३५ वर्षिया निमा सुनारले भनिन। बिहान ९ बजे देखि दुई बजे सम्म भोक भोकै बस्नु पर्दा साह्रै चिन्ता लागेर आएको निमाले भनिन। अब पानी परेका बेला कहिले पनि यसरी घर बाहिर नजाने समेत उनको भनाई छ। बेलैमा प्रहरी आएर हाम्रो उद्दार गर्दियो भन्दै खुशी समेत प्रकट गरिन।

No description available.

बिहान ९ बजे देखि खोलाको विच भागमा फसेका एक बालिका सहित दश जनामहिलालाई सशस्त्र प्रहरीको उद्दार टोलीले पाँच घण्टा पछि उद्दार गरेको हो। अठार जना मध्ये ९ जना निस्किन सफल भएका थिए भने बाँकी दश जना खोलाको विच भागमा फसेका थिए।

No description available.

खोलाको बाढीमा फस्नेहरु राजपुर गाउँपालिका वडा नम्बर २ बेला चप्फाका २३ वर्षिया छवि सुनार, १७ वर्षिया बिनिता सुनार , २८ वर्षिया गीता सुनार, ३५ वर्षिया निमा सुनार, २३ वर्षिया लक्ष्मी सुनार, २२ वर्षिया एलिशा सुनार, २१ वर्षिया प्रमिला सुनार, ३० वर्षिया सुमित्रा सुनार, २८ वर्षिया अन्जना सुनारर ९ वर्षिया अन्जनाकी छोरी सदिक्षा सुनार रहेका छन।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्