दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले वन डढेलो न्यूनीकरण गर्न सबै सामुदायिक वन उपभोक्ता समुहलाई आग्रह गरे । साथै यो बिषयप्रती सबैको चासो हुनु पर्ने बताए । जनावर र चराचुरुङ्गीहरुको मुख्य बासस्थान वन भएकोले वनलाई जोगाउनु मानिसको मुख्य दायित्व भएको नगर प्रमुख चौधरीको भनाई छ ।
वन डढेलो न्यूनीकरण सम्बन्धि सामुदायिक वन उपभोक्ता समुहलाई अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले यस्तो बताए ।

त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सामुदायिक वन र लमही नगरपालिका एक आपसमा समन्वय गरेर अगाडी बढ्नु पर्ने बताइन् । वनमा डढेलो नियन्त्रण गर्नका लागि सामुदायिक वनका पदाधिकारी आफै सक्रिय हुनु पर्ने उपप्रमुख योगीको भनाई छ । “सामुदायिक वनको कटान छपान ठप्प भएको छ, आम्दानी रोकिएको छ, वन हेरालुलाई तलब भत्ता दिन नसकिने अवस्था आएको छ यी यस्ता समस्या प्रती वन कार्यालय गम्भीर हुनु पर्छ”- योगीले भनिन ।

लमही नगरपालिकाले आयोजना गरेको वन डढेलो न्यूनीकरण कार्यक्रमको बारेमा स्वागत र बिषय प्रवेश लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले गरेका थिए विपत शाखाकी गायत्री थापाले कार्यक्रमको सहजीकरण गरेकी थिइन । लमही नगरपालिका भित्र रहेका सामुदायिक वनका पदाधिकारीको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्