काठमाडाैँ – आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन्। नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।
शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा अलआउट भएको थियो।
नामिबियाविरुद्ध नेपालको त्यो पहिलो हार थियो। दोस्रो खेलमा भने नेपालले बलियो मानेको स्कल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो। त्यसैले दोस्रो खेलमा निकोलको जितपछि नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ।
तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ। नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ। यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ९ खेलमा पराजय बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्