दाङ – दंगीशरणमा जारी अध्यक्षकप खेलकुदमा पुरुष भलिबल तर्फ वडा न ५ र ३ पुरुष फुटवलतर्फ वडा न ६ र २ र महिला भलिबल तर्फ वडा न ७ र ४ फाइनल प्रबेश गरेका छन । दंगीशरणमा जारी चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिताको दोस्रो दिन विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । दोस्रो दिन वडा नं. ५ र वडा नं. ७ बीच भएको खेलमा वडा नं. ७ ले ३–२ गोल अन्तरले वडा नं. ५ लाई पराजित गरेको छ ।
पुरुष भलिबलतर्फको पहिलो खेलमा वडा नं. ५ ले वडा नं. १ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । महिला भलिबलतर्फ पहिलो खेलमा वडा नं.७ ले वडा नं. ६ लाई हराउँदै फाइनलमा स्थान बनाएको छ। त्यसैगरी दोस्रो खेलमा वडा नं. ४ ले वडा नं. १ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
पुरुष भलिबलतर्फ दोस्रो दिनको अर्को खेलमा वडा नं. ३ ले वडा नं. ६ लाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । साथै पुरुष फुटबलतर्फ वडा नं. ६ ले वडा नं. ३ लाई २ गोलले पराजित गरेको छ । तेस्रो स्थानका लागि भएको पुरुष भलिबल खेलमा वडा नं. ६ ले वडा नं. १ लाई हराउँदै तेस्रो स्थान हासिल गरेको छ ।
पुरुष फुटबलतर्फ तेस्रो स्थानका लागि सोमबार बिहान वडा नं. ७ र वडा नं. ३ बीच प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल वडा नं. ६ र वडा नं. २ बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टिमहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित शिल्ड तथा स्वर्ण पदक प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्