दाङ – नेपाली काङ्ग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको निधन पछि उनको विरासत थाम्नका लागि उत्तराधिकारीका रुपमा अनुराग खड्का राजनीति धारको फ्रन्ट लाइनमा उभिएका छन । नेपाली राजनीतिमा लोकप्रिय नेता खुमबहादुर खड्काका एक्ला पुत्र अनुराग यतिबेला बाबुको सपना सकार पार्नका लागि आसन्न प्रदेश सभा सदस्यको निर्वाचनमा दाङ – १ ‘ख’ बाट नेकपा एमालेका प्रत्यासी कुलबहादुर केसीसंग ‘कम्पिटिसन’ गर्दैछन ।
नेपालको राजनीतिमा खुमबहादुर खड्काको अभाव खड्किरहेको बेला खड्का पक्षधरले खुमबहादुरको दोस्रो रुपमा अनुराग खड्का उदाएको देख्न चाहान्छन । बाबु जस्तै छोरा अनुराग पनि साहसी, पराक्रमी, तुरुन्तै डिसिजन गर्न सक्ने, त्यागि, र चतुर बनोस भन्ने शुभ चिन्तकहरुको चाहाना छ ।
यहि मङ्सिर ४ गते हुन् गैरहेको प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि दाङ –१ प्रदेश “ख” को प्रदेश सभा सदस्यको टिकट हात पार्न अनुराग सफल भए । योगेन्द्र चौधरी, कृष्ण किशोर घिमिरे, सुशिला चौधरी र अनुराग खड्का प्रतिनिधि सभा सदस्य तर्फ दाङ – १ बाट सिफारिसमा परेका थिए । दाङ – १ मा प्रतिनिधि सभा सदस्य तर्फको भागबण्डा एकीकृत समाजवादीलाई परेपछि योगेन्द्र चौधरीले समानुपातिक रोजे, अनुरागले प्रदेशमा झर्ने मनस्थिति बनाएपछि उनि निकट नेताहरुले प्रदेशको लागि लविङ्ग गरेका थिए भने अन्य नेताहरु ब्याक भएका हुन् ।
कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले दाङ– १ बाट प्राय चुनाव जित्दै आएको क्षेत्र हो । अहिले यो क्षेत्र एकीकृत समाजवादीलाई परेको छ ।
कुनै बेला नेपाली राजनीतिमा एकक्षत्र प्रभाव जमाएका कुशल राजनीतिज्ञ स्वर्गीय खुमबहादुरको बिरासत जोगाउने अभिभारा यतिबेला पुत्र अनुरागको भागमा परेको छ । थारु र यादव समुदायको बाक्लो बस्ती रहेको दाङ – १ मा खुमबहादुर नरहे पनि उनका पक्षधर अनुरागले टिकट पाउनुमा खुसी देखिन्छन ।
अनुराग बाबुको निधन पछि नेपाल फर्किएर राजनीतिमा इन्ट्री गरे, उनी नेपाल फर्किएपछि काङ्ग्रेसका शिर्षस्थ नेता र तमाम कार्यकर्ताहरुको माया र आशीर्वाद छ ।

प्रतिक्रिया दिनुहोस्