लमहीका बाढिपिडितलाई राहत प्रदान

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – नेपाल रेडक्रस सोसाइटी र युनिसेफले बाढी प्रभावित क्षेत्रमा पुगेर राहत प्रदान गरेको छ ।

लमही नगरपालिका -८ भौका र बिजुलीपुर गाउँमा पुगेर बिछ्याउने म्याट, त्रिपाल, नेट झुल, पानीको ड्रम, ब्लान्केट, पानी शुद्धीकरण गर्ने क्लोरिन आदि राहत स्वरुप प्रदान गरिएको हो । उक्त राहत पहिलो दिन तीस घरपरिवारले पाएका छन ।

रेडक्रस र युनिसेफले लमही नगरपालिकासंग समन्वय गरेर राहत प्रदान गरेको लमही नगरपालिका विपद व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापाले जानकारी दिएकी छ्न । थापाका अनुशार भोलि मंगलबार वडा नम्बर ९ का विभिन्न गाउँमा राहत लगेर जाने कार्यक्रम रहेको छ ।

राहत प्रदान कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष उमेश कुमार खड्का, नेपाल रेडक्रस सोसाइटी शाखा दाङ, युनिसेफ नेपाल, स्वास्थ्य शाखा प्रमुख, विपद शाखा प्रमुख, नगर उपप्रमुख लगायतको टोलीको उपस्थिति रहेको थियो ।

त्यस्तै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले सतबरिया स्वास्थ्य चौकीबाट प्रदान गर्ने सेवाहरु प्रभावकारी भए नभएको बारे जानकारी लिएकी छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्