केहि गर्ने हिम्मत र योजनाका साथ आएको छु – अनुराग खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २७ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

दाङ  – दाङ क्षेत्र – १ को राजनीति माहोल तातिएको छ । जब दाङ – १ ख प्रदेशमा नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सर्वाधिक मत लिएर महाधिवेशन प्रतिनिधि बन्न सफल भएका युवा नेता अनुराग खड्काको इन्ट्री भयो तब १ नम्बर क्षेत्रको राजनीतिक तरंगित बन्न पुग्यो। प्रतिनिधि सभाका लागि दावी गरेका अनुराग, समाजवादीलाई भागबण्डा पर्न गएपछि उनि प्रदेशमा झरेका हुन।

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको चुनावी क्षेत्र रहेको यो दाङ -१ यतिबेला खुमबहादुर खड्काको देहवासन पछि बिरासत सम्हाल्न खड्का पुत्र अनुराग खड्काको आगमन भएको छ । गृह जिल्ला दाङ आएका अनुरागले मतदाताहरु संग एक पटक आफ्नो अमुल्य मत दिएर जिताउँन र काम गरेर देखाउनका लागि अपिल गरेका छन।

नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले कार्यकर्ताहरुसंगको भेटघाटलाई तिब्रता दिएका छन् । मङ्सिर ४ गते हुन् गैरहेको प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै युवा नेता खड्काले आफ्ना मतदातालाई भेट घात गर्ने र मत माग्ने कार्यक्रमलाई तिब्रता दिंदै अगाडी बढेको खड्काले दाङ समाचारलाई जानकारी दिए ।

समग्र दाङ जिल्लाको विकास गर्नका लागि र दिवंगत बाबुको सपना पुरा गर्नका लागि उनि राजनीतिमा ‘डेब्बु’ गरेको उनले प्रतिक्रिया दिए । युकेमा बसेर मार्केटिंग बिषयमा मास्टर्स गरेर नेपाल फर्किएका अनुराग, नेपालमा फर्किएर नेपाली जनताको लागि केहि गर्छु भनेर सपना बोकेर नेपाल फर्किएको बताए ।

युकेमै राम्रो अवशर पाउँदा पनि वास्ता गरिन, नेपालमा आइसकेपछि पनि जागिरको अफर नआएको होइन तर त्यतातिर पटक्कै मन गएन, फेरी बुवाले देखाएको बाटो अबलम्बन गरेर गन्तव्यमा पुग्नु पनि थियो’- त्यहि भएर आज नेपाली कांग्रेसको चुनाव चिन्ह रुख लिएर तपाईहरुको माझमा आएको छु जिताएर मलाई काम गर्ने मौका दिनु हुनेछ भन्नेमा ढुक्क छु’- अनुरागले भने ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्