देउखुरी क्षेत्रको विकासका लागि कटिबद्ध छु – अनुराग खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका युवा नेता तथा आसन्न प्रदेश सभा निर्वाचन दाङ – १ ‘ख’ का उम्मेदवार अनुराग खड्काले आफुलाई मत दिएर निर्वाचित बनाउन सबै मतदाताहरुलाई अपिल गरेका छन। प्रदेश ख का मतदाताहरुसंगको भेटघाटका क्रममा आफु निर्वाचित भए यस क्षेत्रका समस्याका बारेमा गुरुयोजना बनाएर कार्यान्वयन गर्नेमा कटिबद्द भएर लाग्ने बताएका छन ।

यो निर्वाचन हामि सम्मिलित गठबन्धनले जित्छौं, प्रदेश र संघमा यो क्षेत्रका लागि के गर्दा उपयुक्त हुन्छ, ति आयोजनाहरुको बारेमा अध्ययन गरि कारबाही अगाडी बढ्नेछ” – युवा नेता तथा प्रदेश सभाका उम्मेदवार खड्काले भने । जनताले विकास देख्न पाएनन, नेपाली नागरिक भएको महसुस गर्न पाएनन भनेर संघीयता लागु गरियो, २०७४ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएर फेरी अर्को स्थानीय तहको निर्वाचन भयो तर बाटोघाटो, पुलपुलेसा, जनताको दैनिकी जस्ताको त्यस्तै छ खै के मा भयो परिवर्तन ? के जनताको काम भोट दिएर जिताउने मात्र हो ? अनुरागले भने । अब तपाई हामी सबै जाग्नु पर्ने बेला आएको छ, दामको लागि होइन कामको लागि उम्मेदवार बनेका र काम गर्न खोज्ने युवालाई विकास निर्माणको नेतृत्व दिनु उनको भनाई छ ।

देउखुरीका विकटबस्तीमा सफा पिउने पानी, सडक, विद्युत, स्वास्थ्य, कृषि जस्ता अत्यावश्यक पाटो पहिलो प्राथमिकता हुने खड्काले बताए । अघिल्लो स्थानीय सरकारले पांच वर्ष सम्म पनि देउखुरी क्षेत्रको विकास किन गर्न सकेन ? तपाई हामीले जिताएर पठाएका जनप्रतिनिधिले के गरेर बसे पाँच वर्ष ? यी सबै कुराको नजर अन्दाज गरेर नीति नियम बनाउने ठाउँमा, कार्यान्वयन गराउने ठाउँमा पढे लेखेका युवा वर्गलाई पठाउनु होस्, तपाइले दिएको मतको कदर गर्दै हामीले ति कामहरु गरेर देखाउने अनुरागको भनाई छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्