दाङ – नेपाली कांग्रेस दाङ -१ ‘ख’ का उम्मेदवार अनुराग खड्काले देउखुरीलाई विकासका माध्यमबाट समृद्ध देउखुरी बनाउने आफ्नो सपना भएको बताए । जिल्लाका अन्य क्षेत्र भन्दा देउखुरी क्षेत्र हरेक कुरामा भरिपूर्ण भएको ठोकुवा गर्दै यस क्षेत्रमा विकास गरेर देखाउने आफ्नो पहिलो एजेन्डा भएको उनको भनाई छ । मतदातासंगको भेटघाटका क्रममा युवा नेता खड्काले यी कुरा बताएका हुन।
काम नगर्ने नेताहरुको चिल्ला भासन र आश्वासनले जनता आजित भैसकेको पनि उनको भनाई छ । अब कुरा हैन काम गरेर देखाउने बेला आएको भन्दै एक पटक गठबन्धनबाट उम्मेदवार बनेकालाई मात्र भोट दिएर जिताउन मतदातालाई आग्रह गरेका छन ।
पटक पटक संविधान मास्नेका बिरुद्द हाम्रो गठबन्धन हो, यो लडाई हाम्रो मात्र नभएर सबै नेपालीको हो, त्यसैले यो पटकको चुनावमा गठबन्धनले चुनाव जित्ने पर्ने आवश्यक भएको उनले बताए ।
‘देउखुरी दाङ जिल्लाको एक हिस्सा भएपनि सदैव यो क्षेत्रलाई फरक नजरले हेरिएको मैले बुझेको छु, तर अब आउँदा दिनहरुमा यस्तो नहुने समेत दावी गरे । राज्यले पठाउने हरेक कुरा घोराही र तुलसीपुर केन्द्रित हुने गरेको मतदाताको गुनासोमा अब उक्त विषयमा चिन्ता नगर्न समेत अनुरागले आफ्ना मतदातालाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्