दाङ – नेपाली कांग्रेसक युवा नेता अनुराग खड्काले यतिबेला देशलाई आँटिला र जोशिला युवाहरुको खाँचो रहेको बताएका छन । जब सम्म ‘डेट एक्सपायर’ भएका वृद्ध नेताहरुलाई युवाको जमातले साइड लगाउन सक्दैन तब सम्म देशमा विकासले गति लिन नसक्ने उनको ठम्याई छ ।
अझैं पनि नेतृत्वमा बुढा नेताहरु चप्टी रहन खोज्दा देशमा आर्थिक विकास नभएको र साथै देशले राजनीतिक निकास नपाएको कुरालाई जोड्दै अब त्यस्ता बकम्फुसे नेताहरुको पछि नलाग्न समेत उनले आग्रह गरेका छन ।
पत्रकारहरुसंग कुरा गर्दै गठबन्धन बाट दाङ १ ‘ख’ मा उम्मेदवार समेत रहेका खड्काले चिल्ला कुरा गरेर जनतालाई भ्रममा पार्ने पार्टी र उक्त पार्टीका नेतालाई जनताले समयमै चिन्न आवश्यक रहेको उनको भनाई छ ।
नेता खड्का भन्छन ‘जनताले काम गर्न पठाएका हुन्, हावादारी कुरा गरेर समय बर्बाद गर्न हैन’–। पछिल्लो समययता हामी सबैले नेपालको राजनीतिलाई नजिकबाट नियाली रहेका छौं, यहाँ आफुले काम नगर्ने, अरुलाई गर्न पनि नदिने परिपाटीको सिर्जना भएको खड्काको बुझाई छ ।
अब पनि काम नगरेर कुरा मात्र गर्ने हो भने जनताले नेतालाई गाउँ पस्नबाट बन्चित गराउनु पर्ने अनुरागको धारणा छ । हरेक गाउँ गाउँमा ब्याचलर पास गरेका युवाहरु बेरोजगार भएर बसेका छन, नेपालमै बसेर गरिखाने विकल्प नहुँदा लाखौँ युवाहरु खाडी मुलुकमा पलायन हुन् बाध्य छन, यी सबै कुरालाई ध्यानमा राखेर मैले कार्ययोजना बनाएको छु, जुन दिन मैले निर्वाचन जित्छु त्यसको भोलि पल्टबाट यी समस्यालाई समाधान गर्ने तर्फ पहल कदमी चाल्ने छु’– अनुरागले भने ।

प्रतिक्रिया दिनुहोस्