दाङ – नेपाली कांग्रेसका युवा नेता, आसन्न प्रदेश सभा दाङ – १ ‘ख’ मा गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले कार्यकर्ता भेटघाट कार्यलाई तिब्रता दिएका छन । खड्काले आज देउखुरीको राजपुर गाउँपालिका- ४, ५ नम्बर वडाका कार्यकर्तालाई भेट गरेका छन।
त्यहाँका स्थानीयका पिर मर्का बुझ्ने, सान्तवना दिने लगायतका काम भैरहेका छन । अनुराग स्वर्गीय नेता खुमबहादुरको दोस्रो रुपमा अवतार भएपछी यादव समुदायका धेरैजसो मानिस खुसीले गदगद भएका छन ।

यहि मङ्सिर ४ गते हुन् लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै दाङ- १ ‘ख’ मा गठबन्धनका तर्फा बाट साझा उम्मेदवार बनेका खड्का कसरी चुनाव जित्न सकिन्छ भनेर आफ्ना शुभ चिन्तकहरुको माझमा पुगेको बताए । देउखुरीको यादव समुदाय र आफ्नो बाबुको सुमधुर सम्बन्ध भएका कारण आफुले पनि त्यो सम्बन्धलाई जोगाएर राख्नु पर्नेमा आफु दृढ भएको अनुरागको भनाई छ । ‘उनि भन्छन ।, जसरी हिजका दिनमा यहाँका जनताले मेरो बुवालाई साथ् दिनु भयो, जसरी माया गर्नु भयो त्यसैगरी बुवाको बाटो पछ्याउदै म आएको छु, अवश्य पनि साथ् सहयोग पाउने छु’-।

१ नम्बर क्षेत्रमा बसोबास गर्ने सबै बस्तीमा पुगेर सबै आदरणीय व्यक्तिहरुको आशिर्वाद लिने आफ्नो योजना रहेको युवा नेता अनुरागले बताए । कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी लैजानु छ, त्यसैले पनि हामी कांग्रेसी सबै गोलबद्द हुन् अहिलेको आवश्यता हो’- अनुरागले भने ।

प्रतिक्रिया दिनुहोस्