दाङ – नेपाली कांग्रेस दाङ- १ ‘ख’ बाट गठबन्धनक साझा उम्मेदवार अनुराग खड्काले आज साविक धर्नामा कार्यकर्ता भेटघाट गरेका छन । आफ्नी आमा तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शिला खड्काका साथमा धर्ना पुगेका उम्मेदवार अनुराग खड्काले प्रजातन्त्र र लोकत्रन्त्रको रक्षाका लागि पांच दलिय गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरेका छन।

नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको जन्मथलो धर्नाको भैसापथ्रा पुगेर गठबन्धनका साझा उम्मेदवार अनुरागले संविधानको हत्या गर्ने, कुरा मात्र गर्ने, सरकारी कार्यालयलाई आफ्ना कार्यकर्ता भर्ति केन्द्र सम्झने केपी वलीको पछि नलाग्न समेत मतदातालाई अनुरोध गरेका छन ।

हामी कम बोल्ने र काम धेरै गर्ने पार्टीका कार्यकर्ता भएका नाताले जनताले हामीबाट अपेक्षा राख्नु स्वाभाविक हो, हामीले चुनाव जितेको केहि महिनामै जनताका चाहाना पुरा गर्ने तर्फ अग्रसर हुने छौं, त्यो तपाईहरुले देख्नु हुनेछ’-अनुरागले भने ।

आसन्न निर्वाचनलाई ख्याल गर्दै चुनाव प्रचारप्रसार तथा भेटघाटमा साविक धर्ना गाविसका नेता कार्यकर्तालाई भेटेर अनुराग देउखुरी फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्