दाङ – नेपाली कांग्रेसका युवा नेता, दाङ- १ ‘ख’ बाट गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले आज घोराही उपमहानागरपालिका – १ र २ नम्बर वडाका स्थानीय नेता तथा कार्यकर्तासंग भेटघाट गरेका छन्। उम्मेदवार खड्काले कार्यकर्तासंग भेटघाटका क्रममा यहि मङ्सिर ४ गते हुन् लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा संविधान विरोधीहरुको अन्तिम दिन भएको घोषणा गरे ।
जनमतले स्वीकार गरेको नेपालको संविधान तत्कालिन केपी ओली सरकारले पटक पटक हत्या गर्ने प्रयास गरेको भन्दै अब जनता सचेत हुनु पर्ने बेला आएको जिकिर गरे । दुई तिहाई बहुमत दिएर देशको सिंहासनमा विराजमान गराएको तीन करोड नेपाली र नेपालको अपमान गरि घृणित कार्य गर्ने फोहोरीहरुलाई अब झाडु लगाएर बढार्ने बेला आएको युवा नेता खड्काको आक्रोस रहेको छ ।
दाङको १ नम्बर निर्वाचन क्षेत्र भौगोलिक हिसाबले विकटता र टाढाको दुरी भएपनि बैचारिक हिसाबले आत्मियता उस्तै भएको बताउंदै धर्नाली, रामपुरबासीहरु प्रति आफ्नो सदैब माया, स्नेह रहिरहने बताए । भेटमा अनुरागले गठबन्धनबाट उम्मेदवार बनेका प्रत्यक्ष र समानुपातिक सबैलाई भोट दिएर बिजयी गराउन पनि आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस्