दाङ – नेपालको राजनीतिक क्षेत्रमा लामो समय प्रभाव जमाएका स्वर्गीय नेता खुमबहादुर खड्का जन्मिएको जिल्ला हो दाङ जिल्ला । देशको आर्थिक विकास देखि लिएर राजनैतिक निकास दिन सक्ने नेताका रुपमा चिनिएका स्वर्गीय नेता खड्का पछि थुप्रै नेता जन्मिए, नेता बने, सांसद बने, मंत्री बने तर देश र जनताका लागि कोहि बन्न सकेनन बने त केवल आफ्नो र आफन्तका लागि मात्र ।
उनको देहवासन पछि दाङ अभिभावक बिहिन जस्तै बनेको छ । दाङ मात्र नभएर सिंगो नेपालले एउटा असल, निडर, कुशल र हक्की स्वभावका नेता गुमाएको जनताले महसुस गरेका छन । स्वर्गीय नेता खुम बहादुरको विरासत जोगाउनका लागि यतिबेला उनका पुत्र अनुरागलाई राजनीतिमा ‘डेब्बु’ गराइएको छ ।
अनुराग, युकेबाट मार्केटिंग विषयमा मास्टर्स गरेर नेपाल फर्किएका छन । युवा अवस्थाका अनुराग राजनीतिक माटोमा भिजन केहि समय त लाग्ला तर उनि बाबुको मार्ग पछ्याएर अगाडी बढ्ने योजनाका साथ राजनीतिको यात्रामा निस्किएको बताउछन । अनुराग भन्छन’- जुन लक्ष्य लिएर उडान भर्दै छु मिसन फत्ते गरेर अवतरण गर्नेछु’-।
उम्मेदवारहरु भेटघाटमा व्यस्त
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारहरु मतदातासंग भेटघाट गर्ने, मत माग्ने जस्ता कार्यक्रममा व्यस्त देखिन्छन । मङ्सिर ४ को चुनावी महासंग्राममा कसरी आफु ‘फस्ट’ हुने भन्ने दाउपेचमा उम्मेदवार र पार्टीका नेताहरु डटेर लागेका छन ।

दाङ – १ मा पनि चुनावी रौनकता निकै बढेको छ । दाङ -१ प्रतिनिधि सभा तर्फ पांच दलिय गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरी उम्मेदवार बनेका छन, उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुको समर्थन रहेको छ। उनि नेकपा एमालेकी शान्ता चौधरीसंग भिड्दै छन । त्यस्तै दाङ- १ प्रदेश ‘क’ तर्फ नेकपा माओवादीका इन्द्रजित थारु नेकपा एमालेका गंगाराम भट्टराईसंग भिड्दै छन, उनलाई पांच दलीय गठबन्धनबाट बलियो साथ मिलेको छ ।
त्यसैगरी प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता, पुर्व मंत्री दिवंगत नेता खुमबहादुर खड्का पुत्र युवा नेता अनुराग खड्का चुनावी मैदानमा उत्रिएका छन । उनि नेकपा एमालेका नेता, लमही नगरपालिकाका पुर्व नगर प्रमुख समेत रहेका कुलबहादुर केसीसंग प्रतिस्पर्धा गर्दै छन।
दाङको १ नम्बर क्षेत्र उसैपनि चर्चामा रहेको क्षेत्र हो, किनभने नेपाली कांग्रेसका दिवंगत खुमबहादुर खड्काको निर्वाचन क्षेत्र हो र अहिले नेपाल सरकारका बहालवाला मंत्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका बहालवाला मंत्री इन्द्रजित थारु र कुनै बेला नेपाली राजनीतिका कुशल राजनीतिज्ञ स्वर्गीय खुमबहादुर पुत्र अनुराग चुनावी मैदानमा उत्रिदा पनि चुनावी माहोल निकै तातिएको हो।
चुनावी मैदानमा उत्रिएका पांच दलिय गठबन्धनका सबै उम्मेदवारहरु जनताको घरदैलोमा जाने, विगतमा भएका कमीकमजोरी स्वीकार गरेर अघि बढ्ने प्रतिबद्दता जाहेर गर्दै मत माग्ने क्रम जारि छ।

प्रतिक्रिया दिनुहोस्