दाङ – नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा दाङ -१ प्रदेश ‘ख’ बाट पाँच दलिय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले समृद्द विकासका लागि गठबन्धनलाई जिताउनु पर्ने बताउनु भयो । दाङ निर्वाचन क्षेत्र नम्बर -१ अन्तर्गत प्रदेश सभा ‘ख’ का विभिन्न क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता खड्काले स्वास्थ्य, शिक्षा र कृषिको सवालमा महत्वपुर्ण योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
पाँच वर्ष चुनाव जितेर गएका जनप्रतिनिधिले अहिले सम्म विकास गर्न नसक्नु लज्जास्पद भएको उहाँको ठम्याई छ । पाँच वर्ष सम्म विकास गर्न नसकेकाले अब विकास गर्छन भनेर कसरी विश्वास गर्ने ? चुनावको मुखैमा जनताको घरमा पुग्ने नेताहरुलाई खबरदारी गर्न समेत युवा नेता खड्काले मतदातालाई आग्रह गर्नु भएको छ ।
जनताको दैनिकी परीवर्तन गर्ने देखि पुर्वाधारको क्षेत्रमा विकास गर्नमा पनि आफु अघि बढ्ने उद्घोष गर्दै मतदाताको घरदैलोमा मत माग्न पुग्दा युवाप्रति मतदाताको आकर्षण बढ्दो रहेको समेत उहाँले प्रतिक्रिया दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्