दाङ – नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा दाङ -१ प्रदेश ‘ख’ बाट पाँच दलिय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले अरुको कुरा काटेर चुनाव जित्छु भन्नु मुर्खता भएको बताउनु भएको छ । चुनाव र जनताको मन जित्नका लागि महत्वपुर्ण एजेन्डा हुनु पर्ने युवा नेता खड्काको भनाई छ । दाङ -१ प्रदेश ‘ख’ अन्तर्गत पांच दलीय गठबन्धनले संयुक्त आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार खड्काले सो कुरा बताउनु भएको हो ।
‘बुढा पुरानाका दिन गए अब राजनीतिमा होमिएका हामी युवाहरुको सोच फरक र फराकिलो हुनु पर्छ’- खड्काले भन्नु भयो। नेपालको राजनीतिमा गालि गलौच गर्ने, खुट्टा तान्ने, आफु पनि काम नगर्ने र अरुलाई पनि गर्न नदिने परम्परा जस्तै बसेको छ, यो अब युवा बर्गले तोडेर अगाडी बढ्नु पर्ने उहाँले बताउनु भयो।
राजनेताहरुको भूमिका कथाले मागे जस्तै अभिनय गर्न सक्नु पर्ने उहाँको धारणा छ । चुनाव जितेर जाने, राज्यको सेवा सुविधा लिने तर आफुले के के गर्नु पर्ने जिम्मेवारी छ त्यो पटक्कै नबुझ्ने ! यस्ता नेतृत्वलाई भने मुहतोड़ जवाफ दिनु पर्ने बेला आएको खड्काले बताउनु भयो ।
सांसद र मंत्रीको पदलाई जनताले घृणा गर्न थाले यो किन भयो भन्दा पद धारण गर्ने काम फिटिक्कै नगर्ने, राज्यका महत्वपूर्ण निकायलाई आफ्ना मान्छे भर्तीकेन्द्र सम्झिने, पाँच वर्षमा एकपटक पनि गाउँ नफर्किने जस्ता क्रियाकलाप गर्नाले जनता टाढिएको समेत उहाँको दावी छ । आसन्न मङ्सिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनलाई जिताउन लाग्न सबै कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्