फेरि उकालो लाग्यो सुनको मुल्य

दाङ समाचार
दाङ समाचार १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – बिहीबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

नयाँ मूल्य वृद्धिसँगै सुनको मूल्य डेढ महिनामा तोलामा ७ हजार रुपैयाँले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५ सय, तेजावी सुनको मूल्य ९९ हजार र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छपावाल सुनको प्रतितोला मूल्य ९९ हजार एक सय, तेजावी सुनको मूल्य ९८ हजार ६ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्