काठमाण्डौ – नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा तिलक रामदामले एकपछि अर्को सांगीतिक प्रस्तुति पस्कन क्रममा फेरी अर्को कोशेली लिएर स्रोता माझ आउनु भएको छ । नवलपुर जिल्ला बुलिङ्गटार – १ थामबेसीमा जन्मिएका गायक अनि मोडल तिलक रामदामले केहि दिन अघि मात्र ‘धोकेबाज’ बोलको मार्मिक गीत सार्बजनिक गर्नु भएको छ ।
बिगत लामो समय देखिनै गीत संगीतमा लाग्दै आउनु भएको गायक तथा मोडेल रामदामले यस अघि पनि केहि लोक तथा दोहोरी गीत बजारमा पस्कि सक्नु भएको छ । गायक तिलक रामदाम र चर्चित गायिका सुनिता बुढा क्षेत्रीको सुमधुर आवाज रहेको छ भने यस गीतमा लय सुक सागर तामाङको रहेको छ ।
त्यस्तै शब्द गायक तिलक रामदामको रहेको छ । यो गीतका एरेन्जर कृष्ण केसीले गर्नु भएको छ भने सारिका केसी र टिका भुजेलको दमदार अभिनय रहेको छ ।
यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नु होला।
https://www.youtube.com/watch?v=yImIOrDWgVo

प्रतिक्रिया दिनुहोस्