दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नगर भित्रका विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
लमही नगरपालिका -१ स्थित बालोदय आधारभुत विद्यालयको ३० औं वार्षिकोत्सबमा सहभागी हुनु भएका नगरप्रमुख चौधरीले शिक्षा जस्तो कुरामा कसैले पनि राजनीति र कप्ट्याई गर्न नहुने भन्दै सैयौं बालबालिकाको भविष्य शिक्षको हातमा हुने भएकोले स्वच्छ र प्रतिस्पर्धात्मक हिसाबले पठनपाठन गराउन आग्रह गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम गैरेको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेश्मिराज रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको भएको थियो ।
शिक्षिका कमला भुसालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण शिक्षक विजय पुनले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्