बगार बाबा धार्मिक समितिमा रविन खत्री विजयी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३ पुष २०७९, आईतवार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका -९ रिहार स्थित बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्रको अध्यक्षमा रविन खत्री निर्वाचित हुनु भएको छ । खत्रीले ९० मतको फरकले निर्वाचित हुनु भएको हो ।

शनिबार भएको निर्वाचनमा कमलको फुल चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका खत्रीको सबै प्यानल फराकिलो मतले विजयी हुनु भएको हो ।

खत्रीले प्रतिद्वन्दी मेघराज पछाईलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएको निर्वाचन अधिकृत पूर्ण वहादुर बस्नेतले जानकारी दिनु भयो ।

खत्रीले ३३६ मत प्राप्त गर्दा पछाईले २६४ मत मात्र पाउनु भएको छ । त्यस्तै उपाध्यक्ष पदमा कसैको उम्मेदवारी नपरेपछि चुनाव अगावै मानसिंह वली निर्वाचित भैसक्नु भएको थियो ।

कोषाध्यक्ष पदमा अमृता शर्मा विजयी हुनु भएको छ, उहाँले ३३८ मत लिंदै जानकी चौधरीलाई पराजित गर्नु भएको छ । चौधरीले २२६ मत मात्र प्राप्त गर्नु भएको छ ।

त्यसैगरी सचिब पदमा नन्दलाल वली विजयी हुनु भएको छ । सचिब पदका अर्का उम्मेदवार ज्ञानराज नेपालीलाई वलीले पराजित गर्नु भएको हो । वलीले ३१३ मत लिनु भएको छ भने नेपालीले २९५ मत लिनु भएको छ । सहसचिवमा सुर्यलाल यादव निर्विरोध निर्वाचित भैसक्नु भएको

त्यस्तै खत्री प्यानलका अन्य सदस्यहरु पुष्पा खत्रीले ३३९, खुशीराम यादव ३१५, पुष्कर गिरीले ३१५ र विरसिंह विकले ३०१ मत लिएर विजयी हुनु भएको निर्वाचन अधिकृत बस्नेतले बताउनु भयो ।

त्यस्तै शिवजीको चुनाव चिन्ह सहित चुनावमा उत्रिएका अध्यक्ष पदका उम्मेदवार मेघराज पछाई प्यानलका मिना पौडेल र हिरा चौधरी निर्वाचित हुनु भएको छ । पौडेलले २९५ र चौधरीले २७३ मत लिनु भएको थियो । खत्री प्यानलबाट महिलाको उम्मेदवारी नपरेका कारण पौडेल र चौधरी निर्वाचित भएको निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनु भयो ।

पछाई प्यानलका धर्मी यादवले २५१, गोविन्द अधिकारीले २५०, वासुदेव यादवले २३९ र सुर्यनारायण यादवले २२७ मात्र मत लिन सक्नु भयो । कुल ६ सय ६३ मतदाता रहेकोमा ५ सय ९० मत खसेको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्