राजपुरमा वडा तहबाटै समाजिक सुरक्षा भत्ता बितरण

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

दाङ – राजपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा तहबाटै बितरण गर्ने भएको छ ।

सबै मानिसहरु बैंकमा जान सक्ने अवस्था नभएको भन्दै वडा तहबाटै बितरण गरेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो ।

हरेक जनतालाई गाउँगाउँमा सिंहदरवार पुगेको अनुभुति दिलाउने गरि पालिकाले यसखाले निर्णय गरेको अध्यक्ष बुढाथोकीले बताउनु भयो ।

बैंकमा लामबद्द भएर दिनभरी बस्नु पर्ने, विभिन्न रोगको शिकार हुनु पर्ने जस्ता समस्याको ख्याल गरेर वडा बाटै भत्ता दिने योजना बनाइएको उहाँको भनाई छ ।

आज एक कार्यक्रमको आयोजना गरि राजपुर गाउँपालिका-६ का १ सय ९२ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । अबदेखि वडा तहबाटै बितरण हुनेछ ।

गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर -६ का वडा अध्यक्ष श्याम रोकाको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्