काठमाडौँ – बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ सय रुपैयाँ निर्धारण भएको थियो। बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ। बुधबारचाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो।
किन हुन्छ सुनचाँदीको मूल्य घटबढ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउँछन्।
‘सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ’, अध्यक्ष शाक्यले भने।
प्रतिक्रिया दिनुहोस्