निजि विद्यालयसंग सहकार्य गरेर अगाडी बढ्छौं – उपप्रमुख योगी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १६ पुष २०७९, शनिबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले निजि विद्यालयसंग सहकार्य गरेर अगाडी बढ्न नगरपालिका तयार रहेको बताउनु भयो ।

गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले आयोजना गरेको ५ औं खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख योगीले दक्ष जनशक्ति उत्पादन गर्नमा निजि विद्यालयहरुको पनि निकै महत्वपुर्ण भूमिका रहेको बताउनु भयो ।

विद्यालयले लमहीमा पठनपाठन शुरु गरेदेखि नै राम्रो नतिजा लिन सफल भएको भन्दै आगामी दिनमा पनि राम्रै गर्ने कुरामा आफु बिश्वस्त भएको बताउनु भयो। पढाईका साथ साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले जोड दिएको प्रति उहाँले खुशी व्यक्त गर्नु भयो ।

गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले हरेक वर्ष खेलकुद सप्ताह कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । यस पटकको खेलकुद सप्ताह कार्यक्रममा सैतिस वटा खेलहरु समावेश गरिएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिनु भयो । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने विभिन्न खेलका खेलाडीलाई विजेता खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

गोरखा ग्रुप संचालक समितिका अध्यक्ष मान वहदुर बुढाको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक लोकमान रिजालको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण शिक्षक प्रकाश ओली र शिक्षिका शिला रिजालले गर्नु भएको थियो ।

May be an image of 7 people and people standing

May be an image of 3 people and people standing

May be an image of 3 people and people standing

May be an image of 10 people, people standing and people sitting

May be an image of 16 people, people standing, people walking and outdoors

May be an image of 4 people and people standing

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्