सुरक्षित आप्रवासन परियोजना ‘सामी’ र स्थानीय तह विच अन्तरक्रिया

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २० पुष २०७९, बुधबार
2 Min Read
Aa

दाङ – सुरक्षित आप्रवासन परियोजना ‘सामी’ ले लमही, घोराही, तुलसीपुरका प्रमुख उपप्रमुखसंग अन्तरक्रिया गरेको छ । दाङको घोराहीमा आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम तथा भावी योजना सम्बन्धि स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसंग परियोजनाले अन्तरक्रिया गरेको हो ।

No description available.

हेल्वेटासको प्राविधिक सहयोगमा संचालित सामी कार्यक्रमले वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने र जानै पर्ने भए कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो । सामी कार्यक्रमले गर्दै आएका कार्यक्रमका बारेमा समिक्षा समेत गर्दै भावी योजनाका विषयमा कार्यक्रम लागु भएका पालिकाका जनप्रतिनिधि र कर्मचारीका विषमा अन्तरक्रिया भएको हो ।

सकेसम्म नागरिकलाई बैदेशिक रोजगारीमा बाहिर जानबाट रोक्नका लागि सीपमुलक तालिम र रोजगारको बाताबरणको सिर्जना गर्नु पर्ने अन्तरक्रिया कार्यक्रममा निष्कर्ष निकालिएको छ । तर नागरिकहरुमा मेरो दिगो जिविकोपार्जन बैदेशिक रोजगार नै हो भन्ने मनोभावनाले गर्दा चुनौती देखिएको छ । सीप, ज्ञान र योग्यता विनै विदेश जाँदा त्यहाँको बसाई सहज सामी कार्यक्रमाले जनाएको छ ।

वैदेशिक रोजगारलाई कसरी व्यवस्थित, मार्यादित र सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । घोराही, तुलसीपुर, लमही र बबई गाउँपालिका गरि दाङका चार वटा पालिकामा यो कार्यक्रम लागू भएको छ । धेरै युवाहरु वैदेशिक रोजगारमा जाने मध्य दाङ तेस्रो जिल्लाको रुपमा रहेको छ ।

परियोजनाले दाङमा उद्दार, राहत, क्षतिपूर्ति, सीपमूलक कार्यक्रममा सहभागिता, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता कक्षा तथा परामर्श लगायतका कार्यक्रम गर्दै आएको सामी कार्यक्रमका संयोजक बसन्ता पुनले जानकारी दिनु भयो । सामी कार्यक्रमले दाङमा अहिलेसम्म के-कस्ता कार्यक्रम गरिरहेको छ भन्ने बारे सामी हेल्भेटास प्रदेश कार्यक्रम व्यवस्थापक पन्चराम चौधरी र सामी कार्यक्रमका कार्यक्रम अधिकृत विष्णु अर्याल,

सामी कार्यक्रम व्यवस्थापक कोपिला दाहालले वैदेशिक रोजगारको वर्तमान परिवेश र सेवाको दिगोपनका बारेमा जानकारी गराउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका , बबई गाउँपालिकाका प्रमुख/उपप्रमुख प्रशासकीय अधिकृत र कर्मचारीको उपस्थिति भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्