स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित एक जना धनुषा प्रहरीको नियन्त्रणमा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – स्रोत नखुलेको सोह्र लाख नेपाली रुपैयाँ सहित जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

मंगलबार बिहान साढे एघार बजेको समयमा भारतबाट नेपाल तर्फ आउँदै गरेको विआर ३२ एसी ७६७९ नम्बरको भारतीय स्कुटर शंका लागि चेकजाँच गर्ने क्रममा ठुलो परिमाणमा स्रोत नखुलेको रुपैयाँ फेला परेको प्रहरी प्रमुख खड्काले बताउनु भयो ।

पक्राउ परेका भारतीय नागरिकबाट १००० दरको नोट ७४८ वटा, ५०० दरको नोट १६४४ वटा, १०० दरको नोट २६० वटा, ५० दरको नोट ८० वटा गरि सोह्र लाख बरामद गरिएको हो । उनलाई आवश्यक कारवाहीका लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाईएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्