जैविक विविधता पार्कलाई डस्टविन प्रदान

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३० पुष २०७९, शनिबार
2 Min Read
Aa

दाङ – देउखुरी मोबाइल व्यवसायी संघले लमही स्थित जैविक विविधता पार्कलाई डस्टविन प्रदान गरेको छ । संघले शनिबार एक कार्यक्रमको आयोजना गरि दश वटा प्लास्टिकका डस्टविन अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाललाई हस्तान्तरण गरेको हो ।

देउखुरी मोबाइल व्यवसायी संघ विगत लामो समयदेखि सामाजिक कार्यमा अग्रसर हुँदै आएको संस्था हो । छोटो समयमा लोकप्रिय बन्दै गएको लमही बजारको उत्तर तर्फ रहेको जैविक विविधता पार्कमा फोहोर व्यवस्थापन गर्न सहज होस भनेर डस्टविन प्रदान गरेको संघका अध्यक्ष विजय सिंह ठकुरीले बताउनु भयो ।

डस्टविन कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले सामाजिक कार्यमा अग्रसर भएको भन्दै खुशी व्यक्त गर्नु भयो । जैविक पार्क देउखुरीकै गहणाको रुपमा रहेकोले यो पार्कलाई अझै व्यवस्थित गराउन आवश्यक भएको उहाँको भनाई छ ।

कार्यक्रममा लमही नगरपालिका- ५ की वडा सदस्य चन्द्रा वली चौधरी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल, संस्थापक अध्यक्ष भिम भुसाल, सामाजिक व्यक्तित्व लीलाराम खनाल, शेषमणि गौतम, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

देउखुरी मोबाइल व्यवसायी संघका अध्यक्ष विजय सिंह ठकुरीको अध्यक्षता तथा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिब कौशल अधिकारी गर्नु भएको थियो । जैविक विविधता पार्कलाई सहयोग गर्ने मोबाइल व्यवसायी संघलाई अध्यक्ष शर्मा रिजालले हार्दिक धन्यवाद दिनु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्