कालोपत्रे गरियो ट्राफिक कार्यालयको प्राङ्गण

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३ माघ २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – जिल्ला ट्राफिक कर्यालय दाङको प्राङ्गण कालोपत्र गरिएको छ । घोराही उपमहानगरपालिकाको जिन्सी सहयोग र सुरेश पोख्रेलको मेसिनरी सहयोगमा कार्यालयको सात सय बर्ग मिटर क्षेत्रफलमा कालोपत्र गरिएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनु भयो ।

इन्जिनियरलाई कालोपत्र गर्नका लागि इस्टिमेट गराउँदा करिब बाह्र लाख रुपैयाँ खर्च लाग्ने भएपछि प्रमुख परियारले घोराहीका विभिन्न दाताहरुको सहयोगमा शून्य लगानीमा कालोपत्रेको काम भएको उहाँले बताउनु भयो ।

यत्ति कामको लागि बजेट पनि नआउने, बजेट आउने स्रोत पनि नभएकोले बडो समस्या भाको थ्यो, मेरो पहलमा यहाँको स्थानीय सरकार अनि व्यवसायीहरुलाई सहयोग गर्दिनु पर्यो भनेर अनुरोध गरेको थिए, उहाँहरुले पनि मेरो अनुरोधलाई हार्दिकताका साथ स्विकार गरेर मित्रभाव देखाई दिनु भयो र आज हामीले काम सम्पन्न गर्न सफल भएका छौं”- प्रमुख परियारले भन्नू भयो ।

जस अनुशार घोराही उपमहानगरपालिकाले २५० लिटर डिजेल, २५० लिटर मट्टीतेल, ४ ड्रम अलकत्रा, पिके निर्माण सेवा र प्रवीण भण्डारीले ३/३ ड्रम अलकत्रा सहयोग गरेको उहाँले बताउनु भयो ।

कार्यालयको प्राङ्गण अगाडी वर्षायाममा हिलोकिचो हुने, झार जंगल उम्रेर सर्पको डर हुने जस्ता समस्या थियो, त्यस समस्यालाई दीर्घकालीन समाधानको लागि सबैसंग सहयोग मागियो र काम सम्पन्न भएको छ”- उहाँले भन्नू भयो ।

प्रायः हिलो किचो हुने जिल्ला ट्राफिक कार्यालयको प्राङ्गण कालोपत्र भएपछि चिटिक्क भएको छ । ट्राफिक प्रमुख परियारले सहयोगी मनहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्