राजपुरका जेष्ठ नागरिकलाई बल्याङ्केट वितरण

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ५ माघ २०७९, बिहीबार
2 Min Read
Aa

दाङ – राजपुर गाउँपालिकाका अति विपन्न घरपरिवार, लक्षित वर्ग, र जेष्ट नागरिकलाई ताताे बल्याङ्केट वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले राजपुर गाउँपालिका अन्तरगत पर्ने सम्पूर्ण वडाका करिब दुईसय ५० जना अति विपन्न, लक्षित वर्ग र जेष्ठ नागरिकलाई ताताे बल्याङ्केट वितरण गरिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो,-। `जिल्लाकाे विपद् व्यवस्थापन काेषबाट गृह मन्त्रालयकाे आदेश अनुसार सितलहरबाट प्रभावित र अति विपन्न, लक्षित वर्ग र जेष्ठ नागरिकलाई ताताे बल्याङ्केट वितरण गरिएको छ । राजपुर गाउँपालिकाले सम्पूर्ण वडालाई समेटेर बनाइएको मापदण्ड अनुसार ब्ल्याङ्केट वितरण हाे ।´

उहाँका अनुसार जिल्लामा भएका अति विपन्न घरपरिवार, लक्षित वर्ग र जेष्ठ नागरिकलाई सितलहरबाट कसरी जाेगाउने उदेश्यले बल्याङ्केट वितरण गर्ने कार्य अगाडि बढाइएको हाे ।

राजपुर गाउँपालिकापछि गढवा गाउँपालिकामा पनि ताताे बल्याङ्केट वितरण गर्ने तयारी भइरहेको बताउनुभयो । चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दाङले अति विपन्न परिवारलाई जाडोबाट बच्नका लागि बल्याङ्केट वितरण गरेको छ ।

यता राजपुर गाउँपालिका वडा नम्बर ६ राजपुर गाउँ निवासी ८७ वर्षिय छाेटेलाल चाैधरीले सहयोग भनेको सानो होस् या ठूलो सहयोग नै हो, भएको बताउनुभयो ।

यता राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले राजपुर गाउँपालिका अन्तरगत भित्र रहेका सुत्केरी, जेष्ठ नागरिक, अति विपन्न घर परिवारलाई पहिचान गरि ब्ल्याङ्केट वितरण गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,-। `जिल्ला प्रशासन कार्यालय दाङबाट आएकाे आदेश अनुसार वडाबाट सम्पूर्ण वितरण माग अनुसार गरि उक्त व्यक्तिको पहिचान गरेर ताताे ब्ल्याङ्केट वितरण गरेका हाैँ ।´

बल्याङ्केट वितरण कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपतिदेवि यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाैडेल, राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष एवम् राजपुर गाउँपालिका प्रवक्ता श्यामबहादुर राेका लगायतकाे उपस्थिति रहेको थियोे ।।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्