दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले मानवजाति र आर्थिकसंग पनि जोडिएकोले वन जंगललाई संरक्षण गर्न आजको आवश्यक भएको बताउनु भयो ।
अजम्बरी सामुदायिक वन उपभोक्ता समुहको १६ औं साधारणसभा तथा ७ औं अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले पछिल्लो समयमा वन जंगलमा चोरीपैठारी बढ्दै गएको हुँदा त्यस्ता अराजक गतिविधिलाई रोक्न सबै लाग्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा लमही नगरपालिकाका पुर्व नगरप्रमुख कुलवहादुर केसीले कुनैबेला उजाड रहेको अजम्मरी वन संरक्षण र सम्बर्द्धन गर्दा अहिले विभिन्न प्रजातिका वन्यजन्तुको बासस्थान बन्न सफल भएको बताउनु भयो ।
पुर्व नगर प्रमुख केसीले खाली रहेका डाडाहरुलाई कसरी हराभरा गराउन सकिन्छ त्यो विषयमा गम्भीर हुन समितिलाई गर्नु भयो । निम्न स्तर भएका मानिसको जीवनस्तर उकास्नका लागि सामुदायिक वनले केही योजनाहरु ल्याउनु पर्ने उहाँको भनाई छ ।
त्यस्तै डिभिजन कार्यालायल देउखुरीका प्रमुख राजु क्षेत्रीले नेतृत्व विकासमा वनले कार्ययोजना बनाएर अगाडी बढेको देख्दा खुशी लागेको बताउनु भयो । साथै जिविकोपार्जनमा पनि वनले नयाँ रननिती बनाएर अगाडि बढ्न कार्यसमितिलाई उहाँले आग्रह गर्नु भयो । वार्षिक प्रगति प्रतिवेदन समुहका सदस्य चन्द्रा चौधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेजवहादुर विकले प्रस्तुत गर्नु भएको थियो ।
रातोडाडा टोल विकास समितिका अध्यक्ष शशिधर ज्ञवाली, देउखुरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष केशवराज पोख्रेल, पत्रकार राधेश्याम गुप्ता, अजम्मरी सामुदायिक वनका पुर्व अध्यक्ष कालुराम चौधरी, राष्ट्रिय जनमोर्चाका हरि थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका हिरा खड्का, नेकपा एसका शशिराम नेपाली, नेकपा माओवादी केन्द्रका दिलकुमार श्रेष्ठ, नेकपा एमालेका डण्डीराम चौधरी, नेपाली कांग्रेसका लमही नगर सभापति सन्तोष कुमार बुढाथोकी लगायतले बोल्नु भएको थियो।
अजम्बरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा लमही नगरपालिकाका नगरपमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण निर्मला चौधरी गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्