दाङ – लुम्बिनी प्रदेश सरकारसंग लमहीमा मन्त्रालय माग गर्ने सम्बन्धमा बैठक बसेको छ। उक्त बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले प्रदेश सरकारका मन्त्रालय, मंत्री, कर्मचारीहरुलाई निशुल्क रुपमा आवास, निवास उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकार व्यवस्थापनका लागि लमही क्षेत्रमा भएका सरकारी तथा गैरसरकारी भवन सजिलै उपलब्ध गराउन सकिने देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आइसकेपछि यसलाई व्यवस्थापन गर्नु हामी सबैको दायित्व हो, भालुवाङमा मन्त्रालय र कर्मचारी तथा मन्त्रीका लागि भवन अप्रयाप्त भएको छ, यो कुरालाई मध्यनजर गर्दै हामीले लमही क्षेत्रका सामाजिक संघ संस्था, स्थानीय सरकारसंग छलफल थालेका छौं, छलफल सकारात्मक भएको छ, हामी प्रदेश सरकारलाई सहयोग गर्न तयार छौं’- अध्यक्ष खनालले भन्नु भयो ।
लमहीमा लुम्बिनी प्रदेश सरकारका मन्त्रालयहरु ल्याइनु पर्छ भन्दै सामाजिक संघ संस्थाका तर्फबाट देउखुरी उद्योग वाणिज्य संघले अगुवाई गरिरहेको छ । यो अभियानमा लमहीमा भएका एक दर्जन सामाजिक संघ संस्थाको सहयोग रहेको छ ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । केहि दिन अगाडी लुम्बिनी प्रदेश सरकारका मंत्री चेतनारायण आचार्य सहितको टोलीले लमही आसपासका सरकारी र गैरसहकारी भवनको स्थलगत निरीक्षण समेत गरेको थियो। मंत्री सहितको टोलीले लमही क्षेत्रमा मन्त्रालयहरु व्यस्थापन गर्ने सकिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्