दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको तेस्रो दिन बहुचर्चित लोक दोहोरी गायक खेम सेन्चुरी र गायिका भूमिका गिरीको प्रस्तुति रहने छ । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा सेन्चुरी र गिरी स्रोताले निकै रुचाईएका कलाकार मध्ये पर्नु हुन्छ ।
खेम सेन्चुरी पछिल्लो पुस्ताका उदयमान गायक हुनुहुन्छ । शब्द कोर्दै गीत संगीतमा लाग्नु भएका गायक सेन्चुरीले बिस्तारै स्वर दिन थाल्नु भयो भने अहिले अभिनयको पाटोलाई पनि मजबुत गराउदै लैजानु भएको छ । नेपाली लोक दोहोरी गीतमा किरण बाबु पुन पछी फरक धारका गीत सिर्जना गरेर स्रोताको मन जित्ने कलाकार सेन्चुरी हुनुहुन्छ । उहाँका सिर्जनाहरु स्रोताले अत्याधिक मन पराई दिनु भएको छ ।
खेम सेन्चुरीले शब्द, संगीत र अभिनय गरेका गीतहरु युटुबमा पनि शिर्ष स्थानमा पर्न सफल भएका छन्। त्यस्तै सामाजिक संजाल टिकटकमा पनि सर्वाधिक भ्युज बटुल्न सफल भएका छन् । आज यिनै चर्चित स्रस्टा खेम सेंचुरीको दमदार प्रस्तुति रहने देउखुरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा सांस्कृतिक समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिनु भयो ।
भूमिका गिरी दाङ देउखुरी राजपुर गाउँपालेका स्थायी घर भएकी कलाकार हुनुहुन्छ। सामान्य परिवारमा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाएकी गायिका गिरी लोक दोहोरी क्षेत्रमा एक पछी अर्को सफलता हात पार्दै अगाडी बढ्नु भएको छ । उहाँका थुप्रै गीत हिट भएका छन् । यतिबेला महोत्सवको सिजन भएका कारण मेला महोत्सवमा भ्याई नभ्याई भएको उहाँले बताउनु भयो ।
त्यसैगरी चर्चित कार्यक्रम उद्घोषिका तथा गायिका उमादेवी खनालको पनि प्रस्तुति रहने छ । गायक खेम सेन्चुरी र भूमिका गिरी संगसंगै लोक दोहोरी गायक प्रेम शर्मा, अनुप बुढा मगर, दीपक वर्मा लगायत स्थानीय कलाकारहरुको नृत्य पनि प्रस्तुति रहने सांस्कृतिक संयोजक पोख्रेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्