लमही महोत्सवको आच चौथो दिन, प्रताप दास आउदै

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १५ माघ २०७९, आईतवार
3 Min Read
Aa

दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको आज आइतबार चौथो दिन प्रताप दास, बसन्ती चौधरी, सिर्जना गुरुङ, दोषहरण चौधरी, उमादेवी खनाल, अनुष्का चौधरी, अनुप बुढा र दीपक वर्माको प्रस्तुति रहने आयोजक संस्था देउखुरी उद्योग वाणिज्य संघ लमहीले जानकारी दिएको छ ।

नेपाली गीत संगीत क्षेत्रको एउटा चम्किलो तारा हुनुहुन्छ प्रताप दास। हजारौं गीतमा आवाज दीई सकेका दास युवा पुस्ताका निकै मन पराइएका गायक हुनुहुन्छ । उहाँले स्वरबद्द गर्नु भएका गलबन्दी मैलिए, सर्लक्कै साइली, संग संगै जुनी काटौला, गमलामा जाई, पत्थरको मुटु, तिम्रो मेरो प्रित जस्ता बोलका गीत स्रोताले खुबै मन पराएका गीत हुन्।

त्यसैगरी थारु गायिका बसन्ती चौधरीको पनि आज प्रस्तुति रहने छ । थारु र थुप्रै नेपाली गीतमा आवाज दीई सकेकी गायिका बसन्ती देउखुरीबासी हुन्। त्यसैगरी बसन्ती चौधरीसंगै थारु गीतका चर्चित गायक दोषहरण चौधरीको पनि आजै प्रस्तुति रहने देउखुरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा सांस्कृतिक समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिनु भएको छ । दोषहरण र बसन्तीले गाउनु भएको ‘जोरसे बजौबू मदरा, यी जोबना हुइल महिन भरुवा लगायतका गीतहरु चर्चित छन् ।

त्यसैगरी देउखुरीका होनहार युवा कलाकारहरु अनुप बुढा मगर र दीपक वर्माले हरेक दिन दमदार प्रस्तुति राख्दै आउनु भएको छ । वर्मा र बुढा मगर गायक मात्र नभएर एक कुशल कार्यक्रम संचालक पनि हुनु हुन्छ । त्यस्तै गायिका, कार्यक्रम संचालिका उमादेवी खनालको पनि गज्जबको प्रस्तुतिले दर्शक स्रोतालाई रमाइलो पन दिई रहनु भएको छ । अनुष्का चौधरी र सिर्जना गुरुङको पनि प्रस्तुति रहने छ ।

यहि माघ १२ गते देखि संचालन भएको व्यापारीक महाेत्सवमा चन्द्र शर्मा, खेम सेन्चुरी, भूमिका गिरी, प्रेम शर्मा लगायतले आफ्नो प्रस्तुति राखी सक्नु भएको छ । अझै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । स्थानीय कलाकार अनुप बुढा मगर, दीपक वर्मा, अनुष्का जोशी, स्थानीय डान्सरहरुले भरपुर मनोरंजन दिलाई रहनु भएको छ ।

अजम्मरी सामुदायिक वनको पिकनिक स्थल (विविधता पार्क) मा सञ्चालित महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्