दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको सातौँ दिन आज, बुधबार लोक तथा दोहोरी गीतका बहुचर्चित गायक रामजी खाँड आउनु हुने भएको छ ।
गायक संगै सृजना खत्री, नारायणी खत्री, ढाकाराम पौडेल, अनुप बुढा, दीपक वर्मा लगायतको प्रस्तुति रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिनु भयो ।
खाँड लोक दोहोरी क्षेत्रमा कुनै बेला एकक्षत्र राज गर्ने गायक मध्ये एक हुनुहुन्छ । गायक खाँडले स्वरबद्द गर्नु भएका ‘क्षितिज पारि, ओइ माया, आफै हारे, आकाश जुनकै हो, जिम्मल बाउकी छोरी, लगायत थुप्रै गीतहरु हिट भएका छन । यतिबेला उहाँलाई देश तथा विदेशमा सांगीतिक कार्यक्रममा भ्याई नभ्याई छ ।
खाँड संगै कुशल कार्यक्रम प्रस्तोता ढाकाराम पौडेलको पनि प्रस्तुति रहने भएको छ, भने पछिल्लो समयकी चर्चित मोडेल नारायणी खत्रीको पनि प्रस्तुति रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिनु भयो । सिर्जना खत्री, अनुप बुढा मगर र दीपक वर्माको पनि रमाइलो प्रस्तुति रहेको व्यवस्थापक बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्