दाङ – आज लमही महोत्सवमा चर्चित गायक पशुपति शर्मा, चोलेन्द्र पौडेल, घनश्याम रिजालले दर्शकलाई भरपुर मनोरंजन दिलाउनु भएको छ ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवमा पुन दर्शकहरू बढ्न थालेका छन् । बुधबार चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने खवर पाएपछि दर्शकहरूको संख्या बढ्न थालेको थियो ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्मरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा सञ्चालित महोत्सवको बुधबार आठौं दिन बहुचर्चित लोक दोहोरी गायक पशुपति शर्माले मलाई अमेरिका यहि, डालीमा चील बस्यो, क्यारन माया मारी छाै, सारंगी र्याई र्याई, छन त म राम्रो छैन लगायत आधा दर्जन गीत गाएर दर्शकहरूलाई मनोरञ्जन दिलाउनु भएको थियो । उहाँको गीतमा दर्शकहरूले हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।

त्यसै गरि महोत्सवमा गायक चोलेन्द्र पाैडेलले पनि उपस्थित दर्शकलाई खुबै रमाइलो दिलाउनु भयो भने गायक घनश्याम रिजाल, गायिका विन्दा परियार लगायतका कलाकारहरूले आफ्ना विभिन्न गित मार्फत दर्शकहरूलाई छमछमी नचाउनु भएको थियो ।
त्यसै गरि महोत्सवलाई कुशल सञ्चालक तथा गायक ढाकाराम पाैडेलले पनि विभिन्न गीत मार्फत कार्यक्रमलाई थप रोचक बनाउनु भएको थियो । कार्यक्रमलाई थप रमाईलो वनाउनका लागि डान्सर नारायणी खत्री र सगरमाथा डान्स ग्रुप नेपालगञ्ज लगायत स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए ।

यसै बीच महोत्सवको बिहीबार नवौं दिन चर्चिच गायिका एलिना चाैहान, चर्चित गायिका मञ्जु पाैडेल, गायक तथा मोडेल विजय पुन, देवेन्द्र बस्नेत, लगायतका कलाकारहरू आउने महोत्सव व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिनु भएको छ ।
महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्