लमही महोत्सवको आज एघारौँ दिन, प्रिती आले र कृष्ण रेउले आउंदै

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ माघ २०७९, आईतवार
2 Min Read
Aa

दाङ – देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज एघारौँ दिन लोकप्रिय गायिका प्रिती आले र कृष्ण रेउले आउनु हुने भएको छ ।

आज गाउँमा, साईली, झुमा साइबो, लगायत चर्चित गीतमा स्वर दिएका गायक रेउले युवा पुस्ताले निकै मन पराएका गायक हुनुहुन्छ । सांगीतिक कार्यक्रमका लागि गायक रेउले र गायिका आले यतिबेला देश तथा विदेशको दौडाहमा व्यस्त हुनुहुन्छ ।

त्यस्तै प्रिती आले पनि सांगीतिक क्षेत्रकी एक बहुप्रतिभाकी धनि गायिका हुनुहुन्छ । ‘बोलायो रे मायाले, ओ माल, नयाँ साथि, गाईलाई खरी घाँस, मन परेको जुत्ता, हे राम, सोल्टी राजै जस्ता अत्याधिक चर्चा कमाउन सफल गीतहरुमा अवाज र अभिनय समेत गर्नु भएको छ । आज दाङ देउखुरी लमही महोत्सवमा यिनै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

कार्यक्रममा पछिल्लो समयका लोकप्रिय मोडेल विजय पुन, र दीपक वर्माको पनि गज्जबको प्रस्तुति रहने भएको छ भने कुशल कार्यक्रम संचालिका मंजु पौडेलको भरपुर साथ् रहने छ । अन्य डान्सर कलाकारहरुले पनि आफ्नो प्रतिभा देखाउने छन् ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (विविधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको आयोजना गरेको छ ।

सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्